
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊमा डाइभर्ट भएको छ।
- त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा \'मिस एप्रोच\' का कारण जहाज अवतरण गर्न सकेको छैन।
- उडान नम्बर \'टीएलएम २२०\' को यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो।
२६ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको छैन । ‘टीएलएम २२०’ उडान नम्बरको यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो ।
सामान्यतया अवतरणका बेला आवश्यक शतप्रतिशत तयारी नपुगी जहाज धावनमार्गतर्फ आएको पत्ता लागे पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित अवतरण गराउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4