+
+
Shares

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २१:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
  • दाहालले विभिन्न कम्पनीलाई भुक्तानी गर्दा घुस मागेको सूचनापछि आयोगले उनलाई नियन्त्रणमा लिएको हो।
  • उनको साथबाट एक लाख २० हजार आठ सय ५० रुपैयाँ, मोबाइल डिभाइस र कागजातहरू पनि नियन्त्रणमा लिइएको छ।

२६ असोज, काठमाडौं। वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

विभिन्न सप्तायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नु पर्ने बिल रकम भुक्तानी गर्दा घुस मागेको सूचनापछि गएको आयोगको टोलीले दाहाललाई नियन्त्रणमा लिएको हो।

आयोगको प्रवक्ता राजेन्द्रकुमार पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौंमा कार्यरत लेखा अधिकृत  दाहाललाई घुस लिई कार्यकक्षमा लुखाई राखेको एक लाख २० हजार आठ सय ५० रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको जानकारी दिए।

दाहालले नियमबमोजिम रकम भुक्तानी गर्दा घुस मागेपछि आयोगमा निवेदन परेको थियो। सोही आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट टोली खटिएको प्रवक्ता पौडेलले जानकारी दिए।

उनका अनुसार दाहालको साथबाट एउटा मोबाइल डिभाइस र अन्य सम्बन्धित कागजातहरू पनि नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?