+
+
Shares

‘मुगलान’ १० पुसदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेहान प्रोडक्सनको नयाँ नेपाली फिल्म 'मुगलान' पुस १० गतेदेखि प्रदर्शनमा आउने भएको छ।
  • फिल्ममा प्रभात पाल र स्मारिका ढकालले मुख्य भूमिका निर्वाह गरेका छन्।
  • फिल्मले युवाको परदेश सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ।

काठमाडौं । रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुस १० गते देखि प्रदर्शनमा आउने भएको छ ।

निर्माताले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।

सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । प्रभातले बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालु भावमा प्रस्तुत छिन् ।

यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ । फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बाँस्तोला लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह निर्माता हुन् । सहनिर्मातामा रीता चौधरी छिन् ।

फिल्मले युवाको परदेश सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ । फिल्मको प्रचारप्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?