News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिसमस अवसरमा बिहीबारदेखि नेपाली फिल्म 'मुगलान' सहित ४ फिल्म हलमा रिलिज भएका छन्।
- 'मुगलान' फिल्ममा घरको ऋण निखन्न भारत छिरेका नेपाली युवाको संघर्ष देखाइएको छ।
- हिन्दी फिल्म 'तू मेरी मैं तेरा', हलिउड फिल्म 'एनाकोन्डा' र 'द स्पन्जबब मूभी' पनि रिलिज भएका छन्।
काठमाडौं । क्रिसमस अवसरमा विहिबारदेखि ४ फिल्म हलमा रिलिज भएका छन् । नेपाली भाषाको ‘मुगलान’ सहित ३ विदेशी फिल्म हलमा लागेका हुन् ।
आशिष ढकाल निर्देशित फिल्म ‘मुगलान’ को रनटाइम १३० मिनेट छ । घरको ऋण निखन्न भारत छिरेका एक नेपाली युवाको संघर्षको कथावस्तु यसमा छ ।
फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्रीशिवांशी, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलाको अभिनय छ ।
कार्तिक आर्यन र अनन्या पाण्डे स्टारर हिन्दी फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ पनि रिलिज भएको छ । दुई जना युवायुवती प्रेममा पर्छन्, तर परिवारको दबाबले उनीहरूको सम्बन्धलाई चुनौती दिन्छ । फेरि भेट्ने आशामा उनीहरू छुट्टिन्छन् ।
यो फिल्मको रनटाइम १४६ मिनेट छ । यो फिल्मलाई एड्भेन्चर, कमेडी, रोमान्स जनरामा राखिएको छ ।
हलिउडको एक्सन, कमेडी, हरर फिल्म ‘एनाकोन्डा’ पनि हलमा रिलिज भएको छ । टम गोर्मिकन पल रुडज्याक ब्ल्याकस्टिभ जाह्नथान्डीवे न्यूटनको शीर्ष भूमिका रहेको फिल्मले एक मिडलाइफ क्राइसिस भोगेका साथीहरूको कथा भन्छ ।
उनीहरूले आफ्नो युवावस्थाको मनपर्ने फिल्मको रिमेक गर्ने निर्णय गर्छन् तर जंगलमा प्रवेश गर्दा अप्रत्याशित घटनाको सामना गर्छन् । यो फिल्मको रनटाइम १०० मिनेट छ ।
विहिबारदेखि प्रदर्शनमा आएको अर्को हलिउड फिल्म हो– द स्पन्जबब मूभी । यो एनिमेटेड, एड्भेन्चर र कमेडी फिल्म ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ नामक टिभी श्रृंखलामा आधारित छ ।
प्रतिक्रिया 4