
काठमाडौं । सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
आगामी बैठकको अध्यक्षता पूर्णबहादुर खड्काले गर्ने छन् । खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।
गत २४ भदौमा भएको जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4