
नख्खु कारागार (फाइल तस्वीर)
२८ असोज, गुल्मी । नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका गुल्मी धुर्कोट गाउँपालिका–७ थेप्चेका ३६ वर्षीय भरत भन्ने साजन अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । अर्याल घरमै लुकी बसिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गतको प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब् उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।
अर्याललाई पक्राउ गर्न प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा खटिएको थियो । पक्राउ परेका अर्याललाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4