+
+
Shares

यसरी सार्वजनिक भए देउवा (तस्वीरहरू)

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर सभापति देउवा पहिलोपटक सार्वजनिक भएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज २८ गते १७:१३

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक आज सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर उनी पहिलोपटक सार्वजनिक भएका हुन् । उनीसँगै देउवा पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणा देउवा पनि बैठकमा सहभागी हुन सानेपा पुगेकी थिइन् ।

२४ भदौको जेनजी प्रदर्शनको क्रममा देउवाको घरमा आगजनी गर्नुका साथै देउवा दम्पतीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका उनीहरू त्यसयता स्वास्थ्यलाभ गरिरहेका थिए ।

आजको केन्द्रीय समितिको बैठकमा सहभागी हुन देउवा दम्पती सानेपा पुगेका हुन् ।

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक हुने भएपछि सानेपामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो ।

केन्द्रीय समिति बैठकलाई देउवाले सम्बोधन गरेका थिए । देउवाको सम्बोधनसँगै आजको बैठक स्थगित गरिएको थियो ।

उपचारका लागि विदेश जाने तयारीमा रहेका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।

पर्सि बस्ने केन्द्रीय समिति बैठकको अध्यक्ष खड्काले गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?