+
+
Shares

सांगीतिक टूर लिएर अमेरिका उडे दुर्गेश, ११ शहरमा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक दुर्गेश थापा सांगीतिक टूरका लागि अमेरिकातर्फ उडेका छन् र ११ अमेरिकी सहरमा प्रस्तुति दिने तयारीमा छन्।
  • उनको पहिलो कार्यक्रम १७ अक्टोबर अस्टिन टेक्सासमा सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा सकिनेछ।
  • नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै गायिका मेलिना राईको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।

काठमाडौं । गायक तथा स्टेज पर्फमर दुर्गेश थापा सांगीतिक टूरका लागि अमेरिकातर्फ उडेका छन् । मंगलबार बेलुका उनी त्यता लागे ।

विभिन्न ११ अमेरिकी सहरमा प्रस्तुति दिने उनको तयारी छ । पहिलो कार्यक्रम शुक्रबार (१७ अक्टोबर) अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ ।

त्यस बीचमा उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा प्रस्तुति दिनेछन् । ‘पहिलो पटक अमेरिकामा प्रस्तुति दिन लागेकोमा उत्साहित छु’ दुर्गेशले अनलाइनखबरसँग भने ।

आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे), एकेबी कम्पनी एलएलसी (अशिष भडेल) द्वारा आयोजना गरिएको हो भने पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले उनको टूर आयोजनामा साझेदारी गरेका छन् ।

आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिती हुने अपेक्षा राखेको छ ।

आयोजक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपाली माझ ल्याउन पाउँदा खुसी लागेको बताएका छन् । रोशनले यो टुरलाई सांगीतिक कार्यक्रम मात्र नभई फरक फरक ठाउँमा रहेका नेपालीबीच जमघट हुने अवसर पनि हुने बताएका छन् ।

दुर्गेशले पछिल्लो समयका चर्चित गीत ’दुश्मन हेरेको हेर्‍यै, ’जाने भए जाममाया’ लगायत थुप्रै गीत सुनाउनेछन् ।

सोही अवसरमा अर्की चर्चित गायिका मेलिना राईको पनि प्रस्तुती रहने बताइएको छ । नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै मेलिनाको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?