+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा कुनै भनसुन लाग्दैन’

यसअघिका सरकारमा भागबन्डा नमिलेर रिक्त रहेका ठाउँहरूमा नियुक्ति प्रक्रिया अगाडि बढाएको बताउदै मन्त्री पुनले कुनै पनि पदमा भनसुन नचल्ने बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा कुनै भनसुन नलाग्ने बताएका छन्।
  • मन्त्री पुनले नेपाल खुला विश्वविद्यालयमा १० जना र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सिनेटर बिना राजनैतिक दवाव नियुक्त गरिएको बताए।
  • उनले पहिलेका सरकारमा राजनैतिक भागबन्डा नमिलेर रिक्त रहेका पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारी छान्ने काम अगाडि बढाएको बताए।

२९ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा कुनै भनसुन नलाग्ने बताएका छन् ।

यसअघिका सरकारमा भागबन्डा नमिलेर रिक्त रहेका ठाउँहरूमा नियुक्ति प्रक्रिया अगाडि बढाएको बताउदै मन्त्री पुनले कुनै पनि पदमा भनसुन नचल्ने बताए।

‘विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनैतिक भागबन्डा नमिलेर रिक्त रहन गएका निकै धेरै पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरु छान्ने काम अगाडी बढाएको छु। यसमा कुनै भनसुन लाग्ने छैन,’ मन्त्री पुनले भने ।

मन्त्री पुनका अनुसार नेपाल खुला विश्वविद्यालयमा रिक्त १० जना र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सिनेटर बिना कुनै राजनैतिक दवाव नियुक्त गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?