+
+
Shares

नियतवस खराब गर्दिनँ, बरु जस्तो गएको उस्तै फर्कन्छु : सञ्चारमन्त्री खरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १३:३७

३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताका मागहरू पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गरेका हुन् ।

आन्दोलनले उठाएका मुद्दाहरू आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त उनले गरे ।

‘जेन–जी युवाहरूका माग पूरा गर्नको लागि सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पाएको म्यान्डेट पुरा गर्न अहोरात्र काम गरिरहेका छौं,’ सञ्चारमन्त्री खरेलले भने ।

भ्रष्टाचारविरुद्धका युवा आन्दोलनका म्याण्डेटहरू पूरा गर्न सरकारले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ । उनले आफ्नो कार्यकालभर केही गर्न नसकेपनि नियतवस गलत कार्य नगर्ने पनि बताए ।

‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ । कति गर्न सकिन्छ त्यो त थाहा छैन तर जानेर, बुझेर, नियतवस खराब केही पनि गर्ने छैन । बरु जस्तो गएको थिएँ त्यस्तै फर्किन्छु । अबको पाँच महिनाको अवधीभित्र जेन–जी आन्दोलनले दिएका म्यान्डेटहरु पूरा गर्नुपर्नेछ,’ खरेलले भने ।

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा सरकार दृढ रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?