+
+
WC Series
Won Nepal
211/4 (20)
VS
Nepal won by 124 runs
Samoa
87/7 (20)
Shares

अघिल्ला दुई वर्षकै हाराहारीमा आए यस वर्ष हिमाल चढ्ने आरोही

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ को शरद ऋतुमा हिमाल आरोहणमा १३ सय २३ आरोहीले अनुमति लिएका छन्, जुन सन् २०२३ र २०२४ को हाराहारीमा छ।
  • यस वर्ष कुल ५४ हिमाल आरोहण गर्न अनुमति जारी भएको छ, जसमा मनास्लुमा ३७४ र अमादब्दममा ३४० आरोही छन्।
  • चीनबाट १०७, जर्मनीबाट १०४ र फ्रान्सबाट १०१ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन्।

३१ असोज, काठमाडौं । सन् २०२५ को शरद ऋतुमा हिमाल आरोहणमा आउने पर्यटकको संख्यामा जेनजी आन्दोलनको असर देखिएन ।

पर्यटन विभागका अनुसार सन् २०२३ र २४ कै हाराहारीमा यस वर्ष पनि आरोहीले हिमाल आरोहणको अनुमति लिएको देखिएको छ । विभागको तथ्यांक अनुसार शुक्रबारसम्म १ सय ५७ समूहमा १३ सय २३ आरोहीले यस ऋतुमा हिमाल चढ्न अनुमति लिएका छन् । यसमा ३०८ जना महिला छन् ।

यो अघिल्ला दुई वर्ष आएका आरोही बराबर हो । विभागका निर्देशक हिमाल गौतमका अनुसार सन् २०२३ मा १३ सय २६ आरोहीले हिमाल चढ्ने अनुमति लिएका थिए ।

सो वर्ष १७० समूहका आरोहीले अनुमति लिएका थिए । सन् २०२४ को शरद ऋतुमा १२ सय ८० आरोहीले अनुमति लिएका थिए । जेनजी आन्दोलनका कारण पर्यटन बजारमा नकारात्मक सन्देश प्रवाह भएको थियो । त्यसका बाबजुत आरोहीको आगमन भने उत्साहजनक देखिन्छ ।

पछिल्लो तीन वर्षका शरद ऋतुमा अनुमति लिएका आरोही

सन् २०२३ : १३२६

सन् २०२४ : १२८०

सन् २०२५ : १३२३

५४ हिमाल आरोहण गर्न अनुमति

पर्यटन विभागका अनुसार यस वर्ष कुल ५४ हिमाल आरोहण गर्न अनुमति जारी भएको छ । जसमध्ये सबैभन्दा धेरै मनास्लु हिमालमा ३७४ जनाले अनुमति लिएका छन् ।

यस हिमालका लागि ३१ समूहमा आरोहीले अनुमति लिएको तथ्यांक छ । दोस्रो स्थानमा अमादब्दम हिमाल छ । यस हिमालमा २६ समूहका ३४० आरोहीले अनुमति लिएका छन् ।

हिमलुङ हिमालमा १८६ आरोहीले अनुमति लिएको विभागको तथ्यांक छ । यो सिजनमा सगरमाथा आरोहणमा जाने आरोहीले जोखिम देखेको पाइन्छ । यस सिजनमा २ समूहका ४ जना आरोहीले मात्र सगरमाथा आरोहणको अनुमति लिएको विभागले जनाएको छ ।

मुलुक अनुसार हेर्दा यस वर्ष हिमाल आरोहणमा चीन, युरोपेली र अमेरिकी आरोही धेरै आएका छन् । चीनबाट १०७, जर्मनीबाट १०४ र फ्रान्सबाट १०१ आरोही आएको तथ्यांक छ ।

बेलायतबाट ९९, अमेरिकाबाट ९६, रुसबाट ८७, नेपालबाट ८३ आरोहीले अनुमति लिएको तथ्यांक छ । पोल्याण्डबाट ६८, क्यानडा र अष्ट्रेलियाबाट ३५/३५ आरोही आएका छन् । स्वीटजरल्याण्डबाट ३४ आरोहीले अनुमति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?