+
+
Shares

तिहारमा बेहुली झैं सिंगारिए काठमाडौंका मुख्यचोकहरू (तस्वीरहरू)

यसवर्षको काठमाडौं मुख्‍य चोकहरू झकिझकाउले सजाइएको छ । निजी मल तथा शपिङहरू पनि बेहुली झै सिंगारिएका छन् । लक्ष्मी पूजाको दिन भैलिनी खेल्नेहरू साथीभाइ जम्मा पारेर चोकमा निस्किएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ कात्तिक ३ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा लक्ष्मीपूजाको दिन मुख्‍य चोकहरू झकिझकाउले सजाइएको छ।
  • निजी मल तथा शपिङहरू बेहुली झै सिंगारिएका छन् र भैलिनी खेल्नेहरू चोकमा जम्मा भएका छन्।
  • तिहारको बेला काठमाडौंका घर, कार्यालय र व्यापारिक भवनमा झिलिमिली बत्ती राख्ने क्रम बढ्दै गएको छ।

३ कात्तिक, काठमाडौं। सोमबार लक्ष्मीपूजासँगै काठमाडौं उपत्यका झिलिमिलि देखिएको छ।

यसवर्षको काठमाडौं मुख्‍य चोकहरूतथा चक्रपथका चोकहरू झकिझकाउले सजाइएको छ । सुन्धारा, न्यूरोड, जमल,  निजी मल तथा शपिङहरू पनि बेहुली झै सिंगारिएका छन् । लक्ष्मी पूजाको दिन भैलिनी खेल्नेहरू साथीभाइ जम्मा पारेर चोकमा निस्किएका छन् ।

तिहारभरी काठमाडौंका घरहरू झिलिमिली देखिनेछन् ।

तिहारको बेला घर, कार्यालय र व्यापारिक भवनमा राखिएका झिलिमिली बत्ती तत्काल हटाइँदैनन् ।

झिलिमिली बत्ती राख्ने क्रम काठमाडौंमा बर्षेनि बढ्दै गएको देखिन्छ । हिजोआज पुरै ढाक्ने गरी झिलिमिली बत्ती नराखेको घर देख्न मुस्किल हुन थालेको छ।

त्यसैले लक्ष्मीपूजामा मात्र होइन तिहारको जुनसुकै दिन पनि काठमाडौं शहर उत्तिकै झिलिमिली देखिन्छ । झिलिमिली शहर तिहारको बेलाको काठमाडौंको पहिचान नै बनेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?