+
+
Shares

‘महादशा’बाट फिल्म अभिनयमा डेब्यू गर्दै कमेडियन प्रभात लामा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडियन प्रभात लामाले 'महादशा' फिल्मबाट फिचर अभिनयमा डेब्यू गर्ने भएका छन्।
  • निर्देशक किरण नेपालीले फिल्मलाई समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिको कथा बनाउने बताउनुभएको छ।
  • फिल्ममा पूजा शर्मा, विनोद न्यौपाने, रियर राई लगायत कलाकार अनुबन्धित भइसकेका छन्।

काठमाडौं । कमेडियन प्रभात लामाले ‘महादशा’बाट फिचर फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । उनी अहिले ‘कमेडी नाइट विथ च्याम्पियन्स’को कारण दर्शकीय लाइमलाइटमा छन् ।

तिहार अवसरमा निर्माताले धमाधम कास्टिङ गरिरहेका छन्, जसमध्ये प्रभातसहित पूजा शर्मा, विनोद न्यौपाने, रियर राई, रामचन्द्र अधिकारी, कमल देवकोटालाई कलाकारको रुपमा चिनाइएको छ ।

रेडियोकर्मी र चलचित्र पत्रकार हुँदै हास्यब्यंग्य क्षेत्रमा सक्रिय लामाले टिभीमार्फत दर्शकीय मन जितिरहेका छन् । विभिन्न व्यक्तिको क्यारिकेचरमा खप्पिस लामाले केही फिल्मका चलेका कलाकारको आवाज पनि दिइसकेका छन् ।

‘मलाई केही सिनेमाबाट पनि अफर आएको थियो । तर आफै तयार थिइँन । त्यसकारण ती फिल्ममा मैले काम गरिन । यो पटक चाँही निर्माता निर्देशक किरण नेपालीले मलाई सिनेमाको लागि निकै सहज र सरल तरिकाले बुझाउनु भएको कारण म तयार भएँ’ उनले भने, ‘यो सिनेमालाई लिएर म निकै केही नर्भस र गम्भिर छु ।’

लक्ष्मीपूजाको दिनमा अभिनेत्री शर्मा पनि अनुबन्धित भएकी छन् । यसअघि निरुता सिंह, उत्तम प्रधान, हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्धित भैसकेका छन् ।

निर्देशक नेपालीका अनुसार यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने छ । लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?