+
+
Shares

ओपन एआईले खोजिदिनेछ क्षमता अनुसारको जागिर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते ९:१४

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले एउटा महत्वपूर्ण तयारी सुरु गरेको छ । निकट भविष्यमै यस कम्पनीले एआई क्षमतायुक्त कर्मचारी भर्ना प्लाटफर्म सार्वजनिक गर्नेछ ।

उक्त प्लाटफर्मले कम्पनीहरु र योग्य जनशक्तिलाई एक ठाउँमा ल्याउन सहयोग गर्नेछ । यसबाट कम्पनीहरुलाई दक्ष तथा उत्कृष्ट कर्मचारी भेट्टाउन तथा रोजगारीको खोजीमा रहेका मानिसहरुालई आफ्नो मनपर्ने जागिर फेला पार्ने मौका मिल्नेछ ।

ओपन एआईले ल्याउन लागेको आगामी प्रडक्टको नाम OpenAI Jobs Platform रहने टेक क्रन्चले दाबी गरेको छ ।

ओपन एआईको यस्तो प्लाटफर्म आएसँगै त्यसको सिधा टक्कर लिंक्डइनसँग हुनेछ । यद्यपि यसबारेमा लिंक्डइनले अहिलेसम्म केहीपनि प्रतिक्रिया जनाएको छैन ।

ओपन एआईको जागिर खोज्न सहयोग गर्ने उक्त प्लाटफर्म आगामी वर्ष सन् २०२६ मा लञ्च हुने कम्पनीका प्रवक्ताले खुलासा गरेको टेक क्रन्चले उल्लेख गरेको छ । सो प्लाटफर्मले जागिर खोजिरहेका मानिसहरुलाई आफू सुहाउँदो रोजगारदातासँग जोड्ने भएपनि यसको पूरा प्रक्रिया के हुने भन्ने बारेमा पनि विस्तृतमा केही पनि खुलाइएको छैन ।

ओपन एआई कम्पनीको एप्लिकेसन विभागका सीईओ फिडजी सिमोले एक ब्लगपोस्टमा बताए अनुसार सो प्लाटफर्मले एआईको मद्दतले कम्पनीहरुको आवश्यकता बुझ्नेछ र कस्तो उम्मेदवारले उक्त काम पूरा गर्नसक्छ भन्ने कुरा निर्क्यौल गरी सोही व्यक्तिलाई अन्तरवार्ताका लागि बोलाउनेछ ।

उनका अनुसार स-साना व्यवसाय तथा स्थानीय प्रशासनहरुलाई यसबाट फाइदा पुग्नेछ । यद्यपि अहिलेसम्म सो प्लाटफर्म सार्वजनिक हुने एकिन मिति तोकिएको छैन ।

स्मरण रहोस् ओपन एआई कम्पनीले आफ्नो प्रमुख प्रडक्ट च्याट जिपिटीका अलावा आफ्नो सेवालाई अन्य क्षेत्रमा पनि विस्तार गर्दैछ । सोही अनुरुप आगामी दिनमा उसले नयाँ प्रडक्टहरु लन्च गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?