+
+
Shares

ललितपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, २ जनाको मृत्यु

ललितपुरमा भएको दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १२:४८

९ कात्तिक, काठमाडौं । ललितपुरमा भएको दुई छुट्टा-छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका-१४ बाडेगाँउस्थित सडकमा बा६२प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका-१४ बस्ने ५० वर्षीया मैया महर्जनको मृत्यु भएको छ ।

शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैगरी ललितपुरको बाग्मती गाउँपालिका-१ सिस्नेडोलस्थित सडकमा मानेभञ्ज्याङबाट थलीभञ्ज्याङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२८ प ४४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका-१ धुसेलथली घर भएका ३२ वर्षीय राजु सापकोटाको मृत्यु भएको छ ।

शनिबार भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?