+
+
Shares

ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १३:०५

१० कात्तिक, काठमाडौं । मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् । उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ भने घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सरस्वती र प्रवीनको भने चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको र प्रवीनको अवस्था भने सामान्य रहेको छ ।

ठक्कर दिने ग्यास बुलेट र चालक भारत बिहार घर भएका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?