+
+
Shares

छठघाटमा पूजा सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी (तस्वीरहरू)

वर्तालुहरूले जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तथा नदी किनाराका छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखेका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि वर्तालुहरू छठघाटमा भेला हुन थालिसकेका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ कात्तिक १० गते १५:४५

१० कात्तिक, जनकपुरधाम । आज छठ पर्वको मुख्य दिन । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । जसका लागि मधेश प्रदेशका विभिन्न जिल्लाका पोखरी तथा नदी किनारमा वर्तालुहरूले पूजाका सामग्री राखेर तयारी सुरु गरेका छन् ।

वर्तालुहरूले जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तथा नदी किनाराका छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखेका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि वर्तालुहरू छठघाटमा भेला हुन थालिसकेका छन् ।

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ ।

कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?