+
+
Shares

बेलायती र्‍यापरले चलाएको गाडीले ठक्कर दिँदा नेपाली विद्यार्थीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते २०:४९

लन्डन । चर्चित बेलायती र्‍यापर गेट्स (जस्टिन क्लार्क स्यामुएल) ले चलाएको गाडीले ठक्कर दिँदा लन्डनमा एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

हाल हिरासतमा रहेका गेट्सविरुद्ध ब्रिटिश प्रहरीले गम्भीर चोट पुर्‍याउने गरी खतरनाक ढंगले सवारी चलाएको अभियोग पत्र दर्ता गरेका छन् ।

उनले गत अक्टोबर १८ मा लन्डनको इल्फोर्ड क्षेत्रमा २० वर्षीय नेपाली विद्यार्थी, युविन तामाङ, लाई ठक्कर दिएर फरार भएको बताइएको छ।

उक्त दुर्घटनापछि विद्यार्थी युविन तामाङको उपचारको क्रममा मृत्यु भएको र त्यसपछि प्रहरीले ‘हिट एण्ड रन’ सहित थप अभियोग दर्ता गरेको जनाइएको छ।

प्रहरीका अनुसार, क्लार्क–सामुएलले घटनाको दिन आफूले सवारी नचलाएको र अर्को व्यक्तिले चलाएको भन्ने बयान दिएका छन्, तर अनुसन्धान अनुसार उनले घटनाबाट उम्किन खोजेको आशंका गरिएको छ ।

उनलाई अक्टोबर २७ (सोमबार) दिउँसो बर्किङसाइड मजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको छ ।

प्रहरीले उक्त घटनाका प्रत्यक्षदर्शीहरूलाई सो घटनाका बारे कुनै सूचना भए प्रहरीलाई जानकारी गराएर सहयोग गर्न अपिल गरेको छ।

यसै बीच एनआरएनए यूकेको विद्यार्थी विभाग संयोजक बिष्णु भक्त भट्टराईले पनि सो घटनाबारे कुनै पनि जानकारी, भिडियो वा प्रमाणहरु भए सिधै प्रहरीलाई जानकारी दिन नेपाली समुदायका सदस्यहरूलाई अपिल गरेका छन्।

‘हामी सबै मिलेर युविनका लागि आवाज उठाऔँ, नेपाली विद्यार्थी युविन तामाङका लागि न्याय दिलाउन एकजुट बनौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?