+
+
Shares

बेलायतको ननिटनका मेयर सारू सिंहदरवारमा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १३:०३

११ कात्तिक, काठमाडौं । बेलायतको ननिटन बेडवर्थ बरोको मेयर भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर सिंहदरवारमा सम्मानित भएका छन् ।

नेपाल भ्रमणमा रहेका मगरलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी हुन् ।

सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई ज्ञापन गरिन् ।

नेपालीका यो एउटा गौरवको विषय भएको उल्लेख गर्दै उनले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेको बताइन् ।

उपसभामुखले सम्मान गर्दा प्रतिनिधि सभाका सचिव हर्कराज राई, सहसचिव एवं संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव ओमबहादुर कार्की लगायतका अधिकारीहरू उपस्थिति थिए ।

पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माथागढी गाउँपालिका–१ मा जन्मिएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका थिए । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए । झन्डै तीन दशक ब्रिटिस सेनामा सेवा गरेका सारू हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष समेत हुन् । उनी रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवा निवृत भएका थिए ।

बेलायतमा सन् २०१७ देखि  ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइ रहेका सारु  सफल व्यवसायी एवं समाजसेवीको रूपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?