News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कको कम्पनी एक्सएआईले विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन गरेको घोषणा गरेको छ।
- मस्कले विकिपिडियामाथि प्रणालीगत वैचारिक पूर्वाग्रह भएको आरोप लगाएका छन्।
- ग्रोकिपिडिया सोमबार सुरु हुँदा अबरूद्ध भयो तर पछि समाधान गरिएको छ र यो सत्य र पूर्वाग्रह–मुक्त विकल्प हो।
१२ कात्तिक, न्यूयोर्क । एलन मस्कको कम्पनी एक्सएआईले सोमबार अनलाइन विश्वकोश विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन गरेको घोषणा गरेको छ।
मस्कले विकिपिडियामाथि प्रणालीगत वैचारिक पूर्वाग्रह गरेको आरोप लगाएका छन् ।
संस्करण ०.१ डब गरिएको साइटमा सोमबार साँझसम्म आठ लाख ८५ भन्दा बढी लेखहरू प्रकाशित छन् । विकिपीडियाको अङ्ग्रेजी संस्करणमा ७० लाखभन्दा बढी लेखहरू प्रकाशित छन् ।
मस्कको एआई–सञ्चालित ग्रोकिपिडिया सोमबार सुरु हुने बित्तिकै अबरूद्ध भएको थियो । तर अब यसलाई समाधान गरिएको छ । मस्कले आफ्नो लगानीको ग्रोकोपिडियालाई ‘सत्य र पूर्वाग्रह–मुक्त’ विकल्प भनेका छन् ।
यो विकिपिडियासँग मिल्दोजुल्दो देखिन्छ। विकिपीडियामा ‘वैचारिक कथाहरू’ र प्रचारको बारेमा मस्कले आशङ्का व्यक्त गर्दै आएका थिए । उनले यो ‘सत्य र ज्ञानको खोजी’ गर्ने आधार खोज्ने सिर्जना गरिएको बताए ।
यो एक्सएआईको ग्रोक एआई च्याटबोटद्वारा सञ्चालित छ र वास्तविक समय र तथ्याङ्कबाट अपडेट हुनेछ।
ग्रोकिपिडियाको अहिलेको संस्करण बिटा संस्करण हो तर मस्कका अनुसार १.० संस्करण यो भन्दा १० गुणा राम्रो हुनेछ ।
मस्क विकिपीडियाको नियमित आलोचकमध्ये एक हुन् । सन् २०२४ मा उनले साइटलाई ‘उग्र–वामपन्थी कार्यकर्ता’हरूद्वारा नियन्त्रित भएको आरोप लगाउँदै यस प्लेटफर्ममा चन्दा बन्द गर्न आह्वान गरेका थिए ।
अगस्टमा उनले भनेका थिए, ‘विकिपिडियालाई सामुदायिक सूचनाहरूको लागि एक निश्चित स्रोतको रूपमा प्रयोग गर्न सकिदैन, किनकि त्यहाँको सम्पादकीयमा अत्यन्त वामपन्थी प्रभाव देखिन्छ।’ एएफपी
प्रतिक्रिया 4