+
+
Shares

पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट, १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा ग्यास सिलिण्डर विस्फोट भएको छ।
  • विस्फोटमा कम्तीमा १२ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर छ।
  • इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीले ग्यास चुहावट र एसी मर्मतबारे अदालत प्रशासनलाई ध्यानाकर्षण गराइएको बताए।

१८ कात्तिक, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् ।

इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो ।

अदालतको चमेनागृहमा वातानुकूलित इकाई मर्मत भइरहेका बेला ग्यास सिलिण्डर पड्किएको अधिकारीहरूले बताएका छन् ।

इस्लामावाद प्रहरीका आईजी रिजवीले भने, ‘ क्यान्टिनमा धेरै दिनदेखि ग्यास चुहावट भइरहेको थियो, विस्फोटका बेला एसी मर्मत गरिरहेका प्राविधिकहरू त्यहीं भएर उनीहरू सबभन्दा धेरै घाइते भएका छन्, एक प्राविधिकको शरीरको ८० प्रतिशत भाग जलेको छ ।’

उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै आईजी रिजवीले ग्यास चुहावट र एसी प्रणालीको मर्मतबारे अदालत प्रशासनको ध्यानाकर्षण गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?