+
+
Shares

नागरिक एपमा देखिन थाल्यो ड्राइभिङ लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि अवरुद्ध लाइसेन्स सम्बन्धी सेवा आंशिक रूपमा सुरु भएका छन् र नागरिक एपमा ड्राइभिङ लाइसेन्स देखिन थालेको छ।
  • यातायात व्यवस्था विभागले आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको र लाइसेन्स नवीकरण तथा भेरिफिकेसन सेवा सुचारू भएको जनाएको छ।
  • काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा आंशिक रूपमा सुचारू भएको र अन्य कार्यालयमा प्रणाली परीक्षण भइरहेको विभागले बताएको छ।

१८ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि अवरुद्ध भएको लाइसेन्स सम्बन्धी सेवाहरू आंशिक रुपमा सुरु भएका छन् । यसै क्रममा नागरिक एपमा समेत ड्राइभिङ लाइसेन्स देखिन थालेको छ । आन्दोलनपछि नागरिक एपमा समेत लाइसेन्स देखिएको थिएन । यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्न थालेसँगै सो सेवा समेत सुरु भएको हो ।

विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारू भएको विभागले जनाएको छ ।

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने  विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारू भएको छ ।

अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ ।

ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने विभागको भनाइ छ । विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?