+
+
Shares

कमला नदीमा कात्तिक पूर्णिमा मेला (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कात्तिक पूर्णिमाको अवसरमा धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा भूत मेला लागेको छ।
  • धामी–झाँक्रीहरूले कमला नदीको उत्तरवाहिनीमा भूत, बैताल र कुलदेवताको पूजा–आराधना गर्ने परम्परा छ।
  • भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालुहरू कमला नदीमा स्नान गर्न आएका छन् र लाखौंले स्नान गरिरहेका छन्।

१९ कात्तिक, जनकपुरधाम। धनुषा र सिरहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक पूर्णिमा मेला लागेको छ। कात्तिक पूर्णिमाको अवसरमा बुधबार बिहानैदेखि कमला नदीमा स्नान गर्न आएका श्रद्धालुको मेला लागेको हो। यसलाई भूत मेला पनि भन्ने गरिन्छ।

मंगलबार साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका छन्। कमलाको उत्तरवाहिनीमा धामी–झाँक्रीहरूले आजको दिन भूत, बैताल र कुलदेवताको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

कात्तिक पूर्णिमाको दिन कमला नदीमा स्नान गरे भूत–प्रेत, बाधा–बिपत्ति र पापकर्मबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ। नयाँ धामी–झाँक्रीले यसै दिन नदीमा स्नान गर्दा तान्त्रिक सिद्धि प्राप्त हुने विश्वास पनि छ।

स्नानपछि भक्तजनहरूले कमला नदीको शुद्ध पानी घरमा लगेपछि त्यसलाई जमिनमा छर्केर पूजा गर्ने चलन छ। यस अवसरमा भारतका विभिन्न स्थानबाट समेत ट्याक्टर, बस र जीपमार्फत हजारौं श्रद्धालुहरू सहभागी हुन आएका छन्। आज बिहानैदेखि लाखौंको संख्यामा भक्तजनहरूले कमला नदीमा स्नान गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?