+
+
Shares

केकीले दर्शकसँग किन क्षमा मागिन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान'ले नेपाली हलमा राम्रो ब्यापार गरिरहेको छ र कलाकारहरू दर्शक भेट्न विभिन्न हलमा पुगेका छन्।
  • केकी अधिकारीले न्यूरोडस्थित रञ्जना हलमा दर्शकसँग भेट्दा केही दर्शक भावविह्वल भएर रुन थाले।
  • एक पुरुष दर्शकले केकीलाई भने, 'म पनि एक करोड रुपैयाँ दिन्छु, मेरो स्वर्गीय बुवालाई फिर्ता गर्न सक्नुहुन्छ ?' र केकीले क्षमा मागिन्।

काठमाडौं । यतिबेला नेपाली हलमा फिल्म ‘परान’ ले सुखद ब्यापार गरिरहेको छ । फिल्मको प्रवर्धनको लागि कलाकार हल भिजिटमा ब्यस्त छन् ।

केकी अधिकारीसहितका कलाकारले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकलाई भेटेका छन् । साथै, दर्शकीय प्रतिक्रिया पनि बुझेका छन् ।

बुधबार दिउँसो केकी फिल्म रिलिजपछि दर्शकलाई भेट्न पहिलोपटक हलमा पुगेकी थिइन् । न्यूरोडस्थित रञ्जना हलमा फिल्मको शो छुट्ने बेला पुगेकी थिइन्, जहाँ उनले दर्शकलाई भेटिन् ।

केकी त्यहाँ पुगेपछि माहोल अर्कै बन्यो । फिल्म सकिने बित्तिकै केही दर्शक उनकै अगाडि आएर निकै रुन थाले ।

तीमध्ये एकजना पुरुष दर्शक भावविह्वल देखिए । सामुन्ने आएर उनले केकीलाई भने, ‘म पनि एक करोड रुपैयाँ दिन्छु, मेरो स्वर्गीय बुवालाई फिर्ता गर्न सक्नुहुन्छ ?’

ती दर्शकले फिल्मको अन्तिम दृश्यमा बोलिएको संवाद बोल्दै आफूले बुबालाई निकै सम्झिएको केकीलाई बताए ।

ती दर्शकसँग केकी भन्छिन्, ‘तपाईंहरू भावविह्वल हुनुभयो । फिल्मको कथासँग आफूलाई जोडेर हेर्नुभयो । यसका लागि तपाईंहरुलाई रुवाउन पुग्यौं । त्यसका लागि म क्षमा चाहन्छु ।’

दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म अहिले हलमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?