फाइल तस्वीर
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले विशेष महाधिवेशनका लागि नेताहरूले खुट्टा कमाउनु नपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सतारले विशेष महाधिवेशनका लागि २ हजार ४८८ प्रतिनिधिले गरेको मागको सुनुवाइ हुनुपर्ने बताए ।
महामन्त्री गगन थापाले पेस गरेको नियमित महाधिवेशनको समय अनुसार महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानैपर्ने उनले बताए ।
निर्वाचनभन्दा पहिला महाधिवेशन गरियो भने निर्वाचनमा अन्तर्घात हुन्छ भन्ने तर्क औचित्यहीन रहेको उनले बताए ।
नेताहरूलाई प्रश्न गर्दै उनले भने, ‘यदि हामीले अन्तर्घातकै विषयवस्तुलाई आधार मान्ने हो भने २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरले के अन्तर्घात गर्दैन ? सक्नुहुन्छ रोक्न ? त्यसकारण प्रक्टिकल भएर जाऔं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4