+
+
Shares

बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ८:४९

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।

प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका-२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?