+
+
Shares

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले २० कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
  • विभिन्न १० वाम दल र समूह मिलेर बनेको पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।
  • नेता शिव खकुरेलले विधान टुंगिएपछि आयोगमा दस्तावेज पेश गरिने जानकारी दिएका छन्।

२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।

साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन्।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ। ‘पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?