+
+
Shares

केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झाँक्री सहितका नेताहरू

यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १६:४०

२० कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।

आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गरेका छन् । यद्यपि झाँक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएनन् ।

झांक्री र श्रेष्ठसहितका नेताहरूले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू एमालेमा फर्कनसक्ने संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?