+
+
Shares

शेखरले गरे आफूनिकट जिल्ला सभापतिसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपत्यकाका आफूनिकट जिल्ला सभापतिहरूसँग पार्टी विवादबारे छलफल गरेका छन्।
  • छलफलमा जिल्ला सभापतिहरू, पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र केही केन्द्रीय सदस्यहरू सहभागी थिए।
  • कोइरालाले आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहेको \'ब्रिफिङ\' गरे।

२१ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।

विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन्।

नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले पुष्टि गरे।

उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए।

छलफलमा कोइरालाले आफू आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहेको ‘ब्रिफिङ’ गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?