२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा गाडीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकार छिन् ।
बिहीबार साँझ ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले उनी सवार प्रदेश–३–०२–०१४ प ९६६३ स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते ताम्राकारलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4