+
+
Shares

रानी–जोगवनी नाका ३ दिनलाई बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय प्रशासनले भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
  • भारतको बिहार विधानसभा– २०२५ को दोस्रो चरणको निर्वाचनका लागि शनिबार बेलुकादेखि ७२ घण्टाका लागि नाका बन्द रहनेछ।
  • मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचन अवधिभर आपतकालीन बाहेक सीमा आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो।

२२ कात्तिक, विराटनगर । स्थानीय प्रशासनले भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।

भारतको बिहार विधानसभा– २०२५ को दोस्रो चरणको निर्वाचनका लागि आज शनिबार बेलुकाबाट ७२ घण्टाका लागि सीमा नाका नाका गर्ने भएको हो ।

मंगलबारको मतदान पछि मात्रै नाका खुल्नेछ । भारतीय पक्षको आग्रहमा निर्वाचन अवधिभर नाका बन्द रहेन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?