News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर थिएटरले २४ कात्तिकदेखि २० मंसिरसम्म बुधबारबाहेक हरेक साँझ ५ बजे नाटक 'महारानीको जात्रा' मञ्चन गर्ने भएको छ।
- नाटकमा अभिनेत्री उषा रजक, राज न्यौपाने, सुहाना आचार्य र निकिता आचार्य मुख्य भूमिकामा छन् भने दिपल बरालले निर्देशन गरेका छन्।
- प्रवेश शुल्क विद्यार्थी र रंगकर्मीका लागि ३०० रुपैयाँ र साधारण दर्शकका लागि ५०० रुपैयाँ तोकिएको छ।
काठमाडौं । कान्तिपुर थिएटरले नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्ने भएको छ । २४ कात्तिकदेखि २० मंसिरसम्म बुधबारबाहेक हरेक साँझ ५ बजे नाटक मञ्चन हुने प्रेषित विवरणमा उल्लेख छ ।
अघिल्लामा चर्चित फिल्म कलाकारलाई समेटेको थिएटरले नयाँ नाटकमा अभिनत्री उषा रजक र राज न्यौपानेसहित सुहाना आचार्य र निकिता आचार्यलाई मञ्चमा उतार्दैछ ।
लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले नाटक परिकल्पना, निर्देशन गरेका हुन् ।
रेमश पुरीको निर्माणमा तयार हुने नाटकका अन्य कलाकारमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, श्वेता चौलागाईं र कुशल बास्कोटा छन् ।

यसअघि थिएटरले रेखा थापालाई डेब्यू गराएको नाटक ‘मीरा’ र अभिनेता जीवन लुइँटेललाई कमब्याक गराएको नाटक ‘शिरीषको फूल’ को मञ्चन गरेको थियो ।
नाटक हेर्नका लागि विद्यार्थी तथा रंगकर्मीका लागि प्रवेश शुल्क ३०० रुपैयाँ र साधारण दर्शकका लागि ५०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4