News Summary
Generated by OK AI. Editorially reviewed.- रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म 'मुगलान' को ३९ सेकेण्डको टिजर सार्वजनिक भएको छ।
- फिल्ममा आर्थिक अभाव झेलेका एक युवा परिवारले भारतमा मजदूरी गरी गरेको संघर्षको कथा देखाइएको छ।
- 'मुगलान' १० पुसदेखि प्रदर्शनमा आउने तयारीमा छ र यसमा प्रभात पाल र स्मारिका ढकालले मुख्य भूमिका निर्वाह गरेका छन्।
काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ ।
३९ सेकेण्डको टिजरमा फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पारिएको छ । आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदूरी गर्न भारत पुग्छन् ।
त्यहाँ पाएको सास्ती र साहुले गरेको अत्यचारको कथा यसमा छ । परिवारको सुख र आफ्नो सपना साकार पार्न उसले गरेको संघर्षको कथावस्तुबारे टिजरले चित्रण गरेको छ ।
फिल्ममा प्रभात पाल र स्मारिका ढकालको शीर्ष भूमिका छ । त्यसबाहेक फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्गबहादुर पुन, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बाँस्तोलाको अभिनय छ ।
आशिष ढकालको पटकथा र निर्देशनमा निर्माण फिल्मको निर्माता गोमन सिंह छन् । यो फिल्मको सहायक निर्मात्री रीता चौधरी हुन् ।
‘मुगलान’ १० पुसदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4