+
+
Shares

युवा संघले टोलदेखि प्रदेशसम्म युथफोर्स गठन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १४:१९

२५ कात्तिक, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले वडादेखि प्रदेशसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ । देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथफोर्स गठन गर्ने युवा संघले जनाएको छ । अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ ।

युवा संघ प्रवक्ता निरोज पौड्यालका अनुसार अभियान २७ कात्तिकदेखि १० मंसिरसम्म सातै प्रदेशमा सञ्चालनमा हुने छ ।

पूर्वनिर्धारित तालिका अनुसार २७ कात्तिकमा लुम्बिनीमा, १ मंसिरमा बागमतीमा, ३ मंसिरमा मधेशमा, ४ मंसिरमा कोशीमा, ८ मंसिरमा गण्डकीमा, ९ मंसिरमा कर्णालीमा र १० मंसिरमा सुदूरपश्चिममा अभियान सञ्चालन हुनेछ ।

अभियान अन्तर्गत टोलटोलमा सुरक्षा समितिहरू बनाउँदै वडा, पालिका र प्रदेशस्तरीय युथफोर्स गठन गरिने युवा संघका नेता पौड्यालले बताए ।

अभियान अन्तर्गत नै ५ मंसिरमा काठमाडौंमा स्वयंसेवक भेला पनि आयोजना गर्ने निर्णय युवा संघले गरेको छ ।

संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अभियान चलाउन लागिएको युवा संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?