+
+
Shares

कुलमानको दलले आयोगमा बुझायो केन्द्रीय सदस्यहरूको सूची (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १८:५६
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मंगलबार साँझपख मात्रै उक्त पार्टीले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची आयोगमा बुझाएको हो ।

केन्द्रीय कमिटीमा ५१ जना केन्द्रीय सदस्यहरू रहेको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।

यसअघि नै निर्वाचन आयोगमा रहेको उज्यालो नेपाल पार्टीमा केन्द्रीय कमिटी र विधान थप गर्दै मंगलबार उक्त सूची बुझाइएको लामाले बताए ।

‘हाम्रो यो नाम पहिल्यै आयोगमा थियो । अहिले त्यसमै केन्द्रीय कमिटी र विधान थप गरेका हौं,’ उनले भने, ‘पूर्वसचिव अनुपकुमार उपाध्यायकै नाममा पहिल्यै भएको नाममा यी अपुग भएका विवरण थप गरेका हौं।’

यसमा हिजो सुदन समूहका जेनजीका प्रदेश संयोजक पनि थिए । तर, मंगलबार उनीहरूले अहिले केन्द्रिय कमिटीमा नआउने, पछिल्लो चरणमा सहकार्य गर्ने भनेपछि सोमबारको सहमतिमा हेरफेर गर्नुपरेको सो पार्टीले जनाएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?