२६ कात्तिक, काठमाडौं । कैलालीको धनगढीस्थित उत्तरबेहडीबाट करिब एक करोड बराबरका भन्सार छलीका समान बरामद भएका छन् ।
भन्सार छलीका उक्त सामानसहित २ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी इलाकाबाट मंगलबार ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुई जनालाई पक्राउ गरिएको हो ।
नियन्त्रणमा लिइएकाहरु सोही उपमहानगरपालिका-१९ खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका संचालक भारत घर बताउने २५ वर्षीय आसुतोष कुमार गुप्ता छन् ।
चौधरीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोवाइलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स व्यरोको सूचनाको आधारमा सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो ।
चौधरीले भातरबाट अवैध रुपले ल्याएको मोवाइलका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए ।
सो पश्चात प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोवाइल पार्ट्सहित सप्लायर्सका संचालक आसुतोष कुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
प्रतिक्रिया 4