+
+
Shares

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको विदाइ भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले २७ कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग विदाइ भेट गरेकी छन्।
  • मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितमा कुराकानी भएको छ।
  • मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन्।

२७ कात्तिक, काठमाडौं। नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग विदाइ भेट गरेकी छन्।

राजदूत जोन्स्टनले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालसँग भेट गरेकी हुन्। मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिए।

मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए।

राजदूत जोन्स्टन सेप्टेम्बर १२, २०२४ मा नेपालका लागि राजदूत भएर आएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?