+
+
Shares

गृहमन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

राजदूत जोन्स्टनले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्याललाई भेटेर शिष्टाचार बिदाइ भेट गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ११:०४

२७ कात्तिक, काठमाडौं । नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेकी छन् ।

राजदूत जोन्स्टनले गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्याललाई भेटेर शिष्टाचार बिदाइ भेट गरेकी हुन् ।

भेटका क्रममा मन्त्री अर्याल र राजदूत जोन्स्टनबीच नेपाल र अस्ट्रेलिया रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द भट्टराईले जानकारी दिए।

साथै मन्त्री अर्यालले राजदूत जोन्स्टनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिए ।

राजदूत जोन्स्टन सेप्टेम्बर १२, २०२४ मा नेपालका लागि राजदूत भएर आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?