+
+
Shares

काठमाडौंमा गणतन्त्र कोरियाको राष्ट्रिय दिवस कार्यक्रम

कार्यक्रममा सहभागी पाहुनाहरूलाई स्वागत गर्दै नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि गणतन्त्र कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको उल्लेख गरे।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १३:१०

२७ कात्तिक, काठमाडौं । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले बुधबार काठमाडौँमा गणतन्त्र कोरियाको राष्ट्रिय स्थापना दिवसको उपलक्ष्यमा समारोह आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी पाहुनाहरूलाई स्वागत गर्दै नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि गणतन्त्र कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको उल्लेख गरे।

राजदूत पार्कले नेपालको प्रचुर सम्भावना भएका तीन मुख्य क्षेत्र मानव संसाधन, जलविद्युत् र समृद्ध सम्पदा क्षेत्रमा सहकार्यका लागि गणतन्त्र कोरिया सरकार वास्तविक साझेदारको भूमिकामा रहने उल्लेख गरे।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा दक्षिण कोरिया नेपालको राम्रो साथी भएको समेत बताए ।

राष्ट्रिय दिवसको कार्यक्रम उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी विभिन्न विभागका मन्त्रीहरू, राजदूतहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, सञ्चारकर्मीहरूका साथै काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू, काठमाडौँमा रहेका व्यवसायीहरू र दक्षिण कोरियाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?