+
+
Shares

जलवायु न्यायका लागि विश्वव्यापी प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते १६:२५

२९ कात्तिक, काठमाडौं । जलवायु संकटका प्रभावहरूसँग अनुकूलन गर्न प्रणाली परिवर्तनको माग गर्दै विश्वभरका प्रमुख शहरहरूबाट स्थानीय समुदायले प्रदर्शन गरेका छन् ।

यी प्रदर्शनहरुले प्रणालीगत असमानता, वातावरणीय नस्लवाद, र कर्पोरेट दण्डहीनताको निन्दा गरेको छ ।

ब्राजिलको बेलेममा भइरहेको संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (COP) सँग मेल खाने सामाजिक, वातावरणीय, आदिवासी र मानवअधिकार आन्दोलनहरूको गठबन्धनद्वारा आयोजित नोभेम्बर १५ विश्वव्यापी कार्य दिवसको एक हिस्सा थियो ।

विश्वका १६ देशहरूमा १०० भन्दा बढी जुलुस, प्रदर्शन र कार्यक्रमहरू आयोजना गरिएका छन् ।

एसियामा फिलिपिन्स, भारत, बंगलादेश, पाकिस्तान र नेपालका ४० भन्दा बढी शहर र प्रान्तमा करिब १० हजार मानिसहरू आन्दोलनमा सामेल भएको बताइएको छ ।

यस्ता प्रदर्शनद्वारा जलवायु न्याय र प्रणालीगत परिवर्तनका लागि मागहरू एकजुट गर्दै, जिवाष्म इन्धनबाट नवीकरणीय ऊर्जामा द्रूत, समान र न्यायसंगत संक्रमणको लागि आह्वान गरिएको छ ।

प्रदर्शनकारीहरूले क्षतिपूर्ति जनताको अधिकार र जलवायु वित्तको वितरणमा जोड दिँदै, यसलाई विश्वव्यापी धनी र औद्योगिक सरकारहरूको जिम्मेवारीको रूपमा जोड दिए ।

यस्तै, उनीहरूले सबै सरकारहरूलाई आफ्ना नागरिकहरूका लागि सार्वजनिक वित्तलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

‘यी परिचालनहरूले जलवायु संकटलाई असमानता र चलिरहेको भूराजनीतिक द्वन्द्वलाई प्रत्यक्ष रूपमा जोड्ने ग्लोबल साउथको अन्तरसम्बन्धित मागहरू प्रतिनिधित्व गर्दछ,’ एसियन पिपुल्स मुभमेन्ट अन डेभट एन्ड डेभलपमेन्टका संयोजक लिडी नेकपिलले भने ।

नेपालमा, श्रमिक, ग्रामीण समुदाय र जलवायु न्यायका पक्षधरहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूले यी मागहरूबारे उजागर गरेका छन् ।

गहिरो संरचनात्मक सुधारको लागि आह्वान गर्दै, दिगो विकास संस्थान (म्द्यक्ष्) का ओमकार सुवेदीले सार्वजनिक स्रोतहरूलाई वास्तविक लचिलोपनतर्फ सार्नु पर्ने आवश्यकतामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?