News Summary
Generated by OK AI. Editorially reviewed.- २० वटा वाणिज्य बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकको तुलनामा ०.१६ प्रतिशत विन्दुले घटाएको छ।
- ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ६ प्रतिशत ब्याजदर कायम राखेको छ।
- बैंकहरूले लगानीयोग्य रकम पर्याप्त रहेको र कर्जा प्रवाह नहुँदा ब्याजदर घटिरहेको राष्ट्र बैंकले जनाएको छ।
३० कात्तिक, काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो ।
कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ ।
कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।
कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।
ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।
त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । अधिकांशले ५ वर्षभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिनेछन्।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वत: घट्छ ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्छ ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।
व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर सूची
| बैंक | कात्तिकको ब्याजदर % | मंसिरको ब्याजदर % |
| कृषि विकास | ४.९५ | ४.९५ |
| एभरेस्ट | ५ | ५ |
| नेपाल | ५.२५ | ५.२५ |
| लक्ष्मी सनराइज | ५ | ५ |
| माछापुच्छ्रे | ५ | ५ |
| एनआईसी एसिया | ५.७५ | ५ |
| प्रभु | ४.९५ | ४.९५ |
| स्टान्डर्ड चार्टड | ५ | ४.७ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| नबिल | ४.९५ | ४.७५ |
| ग्लोबल आईएमई | ६ | ६ |
| सिद्धार्थ | ५.५ | ५ |
| प्राइम कमर्सियल | ५ | ४.७५ |
| कुमारी | ५.०१ | ४.९१ |
| सानिमा | ५.१५ | ५ |
| हिमालयन | ६ | ५.५ |
| नेपाल एसबीआई | ५ | ४.८ |
| इन्भेस्टमेन्ट मेगा | ५ | ५ |
| एनएमबी | ५ | ५ |
| सिटिजन्स | ५ | ४.७५ |
प्रतिक्रिया 4