News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'अभिमन्यु' १८ मंसिरदेखि नेपाल, भारत र विश्वव्यापी रूपमा नेपाली र हिन्दी भाषामा प्रदर्शनमा आउने भएको छ।
- निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै कलाकार कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ लगायतको क्यारेक्टर लुक्स देखाएका छन्।
- सुशान्त गौतमले निर्देशन गरेको फिल्मको पटकथा मुकेश खनालले लेखेका हुन् र निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन्।
काठमाडौं । फिल्म ‘अभिमन्यु’ १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै उक्त मितिलाई प्रदर्शनको रुपमा तय गरेका हुन् ।
यसअघि फिल्मको प्रदर्शन मिति दुईपटक पोस्टपोन्ड भैसकेको छ ।
आइतबार सार्वजनिक पोस्टरमा कलाकार कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत अटाएका छन् ।
सबै कलाकार क्यारेक्टर लुक्समा छन् । कामेश्वर साइकलमा छन् । कुन कलाकारको यो चलचित्रमा कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रष्ट पारेका छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो फिल्मत्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने बताइएको छ ।
फिल्म प्राविधिक र कथानक रुपमा बलियो रहेको दावी निर्माताको छ । सुशान्त गौतमले निर्देशन गरेको यो फिल्मको पटकथा मुकेश खनालले लेखेका हुन् ।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।
प्रतिक्रिया 4