News Summary
Generated by OK AI. Editorially reviewed.- सोसल-थ्रीलर फिल्म 'अभिमन्यु' विहिबारदेखि नेपालमा प्रदर्शनमा आएको छ र देशब्यापी ८६ शो पाएको छ।
- फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् र दाइजो प्रथाको कथावस्तुमा बनेको छ।
- निर्देशक सुशान्त गौतमको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट दिएको छ र भारतमा सेन्सर प्रक्रिया बाँकी छ।
काठमाडौं । सोसल-थ्रीलर ‘अभिमन्यु’ विहिबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । उँधौली, योमरी पुन्ही र ज्यापु दिवसको सार्वजनिक बिदाको दिनमा फिल्म हलमा लागेको हो ।
फिल्मले विहिबार देशब्यापी ८६ शो पाएको छ । प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको फिल्मले सुखद अकुपेन्सी हासिल गरेको देखिएको छ । दिउँसो र बेलुकीपख अकुपेन्सीमा केही बढोत्तरी देखिन्छ ।
फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् । दाइजो प्रथाको कथावस्तुमा बनेको फिल्म थ्रीलर जनरामा बनेको छ । पारिवारिक कथावस्तुका फिल्म लगातार हेर्दै आएका दर्शकलाई भिन्न जनराको स्वाद यो फिल्मले दिनसक्ने आशा राख्न सकिन्छ ।
१०८ मिनेट रनटाइमको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट दिएको छ । यसको अर्थ, अभिभावकसहित बालदर्शकले यो फिल्म हेर्न सक्नेछन् ।
यो फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज सिनेमाजले नेपाल र भारतमा एकसाथ फिल्म प्रदर्शनमा आउने जनाएको थियो । तर, भारतमा भने तत्काल रिलिज नहुने भएको छ । यसो हुनुमा सेन्सर लगायतका प्रक्रिया बाँकी रहेको कुरा बताइएको छ ।
सुशान्त गौतम निर्देशित फिल्मको पटकथा खनालले लेखेका हुन् । कामेश्वर र लक्ष्मीसँगै यसमा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेलको पनि अभिनय छ ।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । अहिले हलमा अर्को नेपाली फिल्म ‘परान’ को पनि दबदबा देखिन्छ । अहिले पनि हलमा १०० हाराहारीमा परानका शोज कायमै छन् । यस्तोमा, अभिमन्युको लागि परान पनि चुनौती बन्न सक्छ ।
प्रतिक्रिया 4