+
+
Shares

‘अभिमन्यु’ २१ कात्तिकमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘अभिमन्यु’ को प्रदर्शन मिति प्राकृतिक विपत्तिको कारण २४ असोजबाट २१ कात्तिकमा सारिएको छ।
  • निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत प्रदर्शन मिति सारिएको जानकारी दिएका छन्।
  • फिल्मलाई हिन्दी र नेपाली भाषामा एकसाथ रिलिज गर्ने तयारी भइरहेको छ।

काठमाडौं । फिल्म ‘अभिमन्यु’ को प्रदर्शन मिति पुनः सरेको छ । मुलुकको प्राकृतिक विपत्तिको पछिल्लो अवस्थालाई ख्याल गर्दै प्रदर्शन मिति सारिएको निर्माताले जनाएका छन् ।

२४ असोजको पूर्वनिर्धारित मिति स्थगित भएको छ । अब यो फिल्म २१ कात्तिक (नोभेम्बर ७) देखि रिलिज हुने जनाइएको छ ।

निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । २१ कात्तिकमा ‘जारी २’ र ‘मन बिनाको धन’ फिल्म पनि प्रदर्शन तयारीमा छन् ।

दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

यो फिल्मलाई उक्त मितिमा एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज गर्ने जनाइएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको अभिनय छ ।

पौडेल र गुञ्जन गिरी निर्माता हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?