+
+
Shares

ढुंगा खसेपछि हुम्लाको खच्च सडकखण्ड अवरुद्ध

ढुंगा खसेका कारण हुम्लाको खच्च सडक खण्ड अवरुद्ध हुँदा हुम्ला–सुर्खेत आउजाउ बन्द भएको प्रहरीले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १६:५९

३० कात्तिक, हुम्ला । कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारमा ढुंगा खस्दा सडक अवरुद्ध भएको छ ।

हुम्लाको खच्च सडक खण्ड अवरुद्ध हुँदा हुम्ला–सुर्खेत आउजाउ बन्द भएको अस्थायी प्रहरी पोष्ट तुम्चले जनाएको छ।

आइतबार सवा १ बजेतिर सडकमा ढुंगा खसेर आउजाउ बन्द भएको अस्थायी प्रहरी पोस्ट तुम्चका प्रहरी सहायक निरीक्षक जंगबहादुर थापाले बताए ।

उनले भने, ‘सडकमा ठूला ढुंगाहरू खसेका कारण पन्छाउन कठिन भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?