+
+
Shares

कालिमाटीको सरकारी भवन आगजनी गर्ने व्यक्ति ७ मुद्दाका अभियुक्त

पक्राउ पर्नेमा काठमाडौं टंकेश्वरका ४१ वर्षीय विजय लामा छन् । उनलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालिमाटीस्थित सरकारी प्रशासनिक भवन तोडफोड तथा आगजनी गरेको आरोपमा ४१ वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेका विजय लामामाथि यसअघि सात पटक मुद्दा चलेको र अहिले आठौं पटक मुद्दा चल्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
  • उनी सार्वजनिक हित स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध पाँच पटक तथा सार्वजनिक अपराधको कसुरमा दुई पटक मुद्दा चलिसकेको व्यक्ति हुन्।

३० कात्तिक, काठमाडौं । कालिमाटीमा रहेको सरकारी प्रशासनिक भवन तोडफोड तथा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं टंकेश्वरका ४१ वर्षीय विजय लामा छन् । उनलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनले तरकारी बजारभित्र रहेको प्रशासनिक भवन तोडफोड र आगजनी गरेको आरोप छ ।

पक्राउ परेका उनीविरुद्ध यसअघि सात पटक मुद्दा चलेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।

सार्वजनिक हित स्वास्थ्य सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच पटक मुद्दा चलेको व्यक्ति रहेको एसपी भट्टराईले बताए ।

त्यसैगरी सार्वजनिक अपराधको कसुरमा यसअघि नै दुई पटक मुद्दा चलेको पाइएको छ । अहिले पक्राउ परेसँगै उनीविरुद्ध आठौं पटक मुद्दा चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?