१ मंसिर, काठमाडौं । सिंहदरबार प्रवेशका लागि नियमित प्रणाली अनुसार पास दिन सुरु गरिएको छ । जेनजी आन्दोलनपछि मुल गेटबाटै पास दिने गरिएको थियो ।
मन्त्रालय र निकाय अनुसार फरक-फरक झ्यालबाट पास दिने गरिएकोमा ती झ्यालसहितका संरचनामा तोडफोड र आगजनी भएपछि पासको काम रोकिएको थियो ।
आवस्यक मर्मतपछि नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
‘२६ कात्तिक गतेदेखि नियमित प्रणाली अनुसार सिंहदरवार छिर्न गेट पास दिन सुरु गरिएको हो’, गेट पास दिन बसेका एक सुरक्षा अधिकारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4