+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनमा खर्चियो ९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ।
  • विदेशी विनिमय सञ्चितिको वृद्धिले राष्ट्र बैंकको आम्दानीमा सकारात्मक प्रभाव पारेको छ।
  • राष्ट्र बैंकले ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ, जुन अघिल्लो वर्षभन्दा ५ अर्ब बढी हो।

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि बढेको हो ।

राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ ।

विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीलाई प्रभावित बनाउँछ । पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि तथा आन्तरिक अर्थतन्त्र सुस्त हुँदा केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहँदै आएको छ ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको कमाइ अघिल्लो आर्थिक वर्षको तुलनामा ९.११ प्रतिशतले धेरै हो ।

राष्ट्र बैंकले उक्त खुद आयलाई विभिन्न कोषमा छुट्याएपछि ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरु पौडेलले बताए ।

केन्द्रीय बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले धेरै हो । आर्थिक २०८०/८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो ।

पौडेलका अनुसार केन्द्रीय बैंकले आम्दानी गर्ने मुख्य स्रोत भनेको विदेशी मुद्राको लगानी हो । साथै वित्तीय प्रणालीमा तरलता संकुचन भएको अवस्थामा तरलता व्यवस्थापनबाट पनि केन्द्रीय बैंकलाई आम्दानी हुन्छ ।

पछिल्ला वर्ष अधिक तरलताका कारण राष्ट्र बैंकले ठूलै रकम खर्च गरेर तरलता व्यवस्थापन गर्दै आएको छ । गत वर्ष करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्चेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनका लागि गरिने खर्च गत आवको भन्दा धेरै हुने अनुमान छ ।

बैंकले गत आर्थिक वर्षको प्रतिवेदन पनि सरकारलाई बुझाइ सकेको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका हुन् ।

तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।

२०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?