+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
87/2 (11.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

जहाँ जहाँ नितेश, त्यहाँ त्यहाँ समृद्धि !

एकसाथ कन्सर्टमा ब्यस्त नितेश, समृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक नितेशजंग कुँवर र गायिका समृद्धि राईले अमेरिका टूरमा सांगीतिक सहकार्य गर्दै प्रेम सम्बन्ध सार्वजनिक गरेका छन्।
  • उनीहरूले अस्ट्रेलियाको सांगीतिक टूर सम्पन्न गरी अहिले अमेरिका टूरमा व्यस्त छन् र सामाजिक सञ्जालमा प्रशंसा पाइरहेका छन्।
  • नितेशले स्टेजमा प्रदर्शन गर्दा समृद्धि क्यामेरासँग टुर भ्लग र कन्सर्ट मोमेन्ट्स क्याप्चर गर्दै एकअर्कालाई समर्थन गरिरहेका छन्।

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय गायक नितेशजंग कुँवर र भ्लगर तथा गायिका समृद्धि राई सांगीतिक क्षेत्रमा रुचाइएको जोडी हो । केही पहिले दुवैले आफूहरू प्रेम सम्बन्धमा रहेको बताइसकेका छन् ।

कुरा सम्बन्धको मात्र होइन, सांगीतिक सहकार्य पनि दुवैको एकसाथ देखिन्छ । हालै, उनीहरूले एकसाथ अस्ट्रेलियाको सांगीतिक टूर सम्पन्न गरे । अहिले उनीहरू अमेरिका टूरमा ब्यस्त छन् ।

जहाँ जहाँ नितेश, त्यहाँ त्यहाँ समृद्धि ।

नितेश र समृद्धिले मञ्चबाट एकसाथ पर्फमेन्स दिने गरेका छन् । टूरका फोटो र भिडियो हेर्दा, यी दुईको अमेरिका टूर गजब र रमाइलो देखिन्छ । कतिपय फ्यानले सामाजिक सञ्जालका कमेन्टमा ’पर्फेक्ट म्युजिक कपल’ भन्दै प्रशंसा गरिरहेका छन् ।

प्रेम सम्बन्ध र व्वसायिक सहकार्य दुवैलाई सन्तुलन मिलाउने जोडी घरेलु सांगीतिक वृत्तमा कमै देखिन्छ ।

स्टेजमा नितेशले दमदार एनर्जी र आवाजले दर्शक मोहित पारिरहेका बेला, समृद्धि भने क्यामेरासँग टुर भ्लग, बिहाइन्ड–द–सीन्स र कन्सर्ट मोमेन्ट्स क्याप्चर गर्न व्यस्त देखिन्छिन् । स्टेजमै साथी बनेर नितेशलाई हौस्याइरहेको दृश्य पनि देखिन्छ ।

सामाजिक सञ्जालमा पनि उनीहरूको केमिस्ट्रीले प्रशंसकलाई आकर्षित गरिरहेको छ । कहिले समृद्धिले नितेशको रिहर्सल भिडियो पोस्ट गर्छिन्, त कहिले नितेशले समृद्धिलाई ‘माइ ट्राभल पार्टनर’ भन्दै फोटो सेयर गर्छन् ।

सङ्गीत, यात्रा र प्रेम यी सबै कुरामा नितेश र समृद्धि एकसाथ देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?