+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

को हुन् सरकारलाई बढी कर तिर्ने करदाता ?

यस वर्ष व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा सम्मानित भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर तिर्ने व्यवसायी राजबहादुर शाहलाई सम्मानपत्र प्रदान गरेको छ।
  • नेपाल दूरसञ्चार प्राधिकरण निकायमध्ये सबैभन्दा बढी आयकर तिरेको कारण कर दिवसमा सम्मानित भएको छ।
  • थर्ड आई इन्टरनेसनल, डाबर नेपाल, भेरिक्स नेपाल, र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लगायत कम्पनीहरू विभिन्न क्षेत्रका उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।

१ मंसिर, काठमार्डौं । सरकारले १ मंसिरका दिन हरेक वर्ष बढी कर तिर्ने करदातालाई सम्मान गर्छ । यस वर्ष व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा सम्मानित भए ।

अर्थमन्त्री रामेश्वर खनालले आर्थिक वर्ष २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायलाई सम्मानपत्र प्रदान गरे ।

सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण छ । सरकारले कुल १६ करदातालाई विभिन्न शीर्षकमा बढी कर तिरेकोमा सम्मान गरेको हो ।

तीन वर्षसम्म सबैभन्दा बढी कर तिरेर सम्मानित भएका उद्योगपति विजयबहादुर शाहका छोरा हुन् राजबहादुर शाह । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाह नेपाल उद्योग परिसंघ उपाध्यक्ष समेत हुन् ।

उनी लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मानित भए । नेपालमा मदिरा उद्योगबाट स्थापित शाह परिवारले राज्यलाई व्यक्तिगत आयकरमा सबैभन्दा बढी कर तिर्ने गौरव हासिल गरिरहेका छन् ।

विजय शाह २०७७, २०७९ र २०८० सालको कर दिवसमा धेरै कर तिरेबापत सम्मानित भएका थिए । व्यक्तिगत आयकरमा सबैभन्दा धेरै वर्ष सम्मानित व्यवसायी सिप्रदी टे«डिङका अध्यक्ष सिद्धार्थ राणा हुन् ।

अघिल्लो आव निकायहरूमध्ये सबैभन्दा धेरै आयकर तिरेको नेपाल दूरसञ्चार प्राधिकरण यस वर्ष कर दिवसमा सम्मानित भएको छ । नेपाल टेलिकमले इजाजतपत्र नवीकरण गरेबापत शुल्क एकमुष्ट बुझाउँदा प्राधिकरणको आम्दानी ह्वात्तै बढ्न पुग्यो । सोहीकारण उक्त वर्ष नियामक निकाय समेत धेरै कर तिर्ने निकायका रूपमा स्थापित हुन पुग्यो ।

एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेसनल सम्मानित भयो । वस्तु निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा डाबर नेपाल प्रालि छ ।

भेरिक्स नेपाल प्रालि सूचना प्रविधि सेवा निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

पोषक ब्रिडर फार्म प्रालि कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक  छ ।

पर्यटन व्यवसायमध्ये सोल्टी होटल लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ । वस्तु व्यापार काराबार गर्नेमा भाटभटेनी सम्मानित भएको छ । वार्षिक ५० करोडभन्दा बढी १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा सीडीएस एन्ड क्लियरिङ कम्पनी सम्मानित भएको छ ।

रेमिट्यान्समा आईएमई र ऊर्जामा भोटेकोशी पावर कम्पनी सम्मानित भएका छन् । नियमित कर दाखिला गर्ने कम्पनीमा नेपाल टेलिकम सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?